fear
नडराउनुहोस्, किनकि परमेश्वर तपाईंसँग हुनुहुन्छ
कहिलेकाहीँ हामी कुनै कुरासँग डराउँछौँ। परिवारको सदस्य गुमाउने डर, मृत्यु वा सतावटको डर, जागिर गुमाउने डर, अवकाशको डर हुन सक्छ... हामी डराउँदा के गर्नुपर्छ? हामी आफैँ कसरी डरको सामना गर्न सक्छौँ? बाइबलले डरको बारेमा के भन्छ?
जब म डराउँछु, तब तपाईंमा भरोसा राख्दछु।( भजनसंग्रह 56:3 )
डराउने तपाईं मात्र हुनुहुन्न। वास्तवमा, पृथ्वीका हरेक मानिस जीवनको कुनै न कुनै बेला कुनै कुरासँग डराउँछन्।
म हराएको, टुटेको महसुस गर्छु…
“म हराएको, निराश, टुटेको र एक्लो महसुस गर्छु। यो व्यर्थ जीवनसँग म एक्लै संघर्ष गरिरहेको छु, र कसैलाई पनि मेरो वास्ता छैन।” – कहिलेकाहीँ हामीलाई यस्तै लाग्छ।