मुख्य सामग्रीमा जानुहोस्

denomination

किन यति धेरै ख्रीष्टियन मण्डलीहरू छन्?

संसारमा धेरै मण्डलीहरू छन्, र प्रत्येकका परम्परा, विधि र विश्‍वासहरू फरक-फरक छन्। हामी कुन मण्डलीमा सामेल हुनुपर्छ?

क्याथोलिक, अर्थोडक्स, ब्याप्टिस्ट, लुथरन, मेथोडिस्ट, प्रेस्बिटेरियन... दर्जनौँ प्रमुख ख्रीष्टियन सम्प्रदायहरू छन्, र धेरै मण्डलीहरूले विधि र विश्‍वासमा भएका भिन्नताहरूलाई जोड दिँदै प्रायः अन्य मण्डलीहरूबाट आफूलाई अलग राख्छन्।

के ख्रीष्टियन धर्मका लागि विभिन्न मण्डलीहरू हुनु राम्रो हो, ताकि हरेकले आफूलाई सबैभन्दा उपयुक्त लाग्ने मण्डलीमा सामेल हुन सकोस्?

ख्रीष्टियनहरूबीचको विभाजन प्रेरित पावलको समयमै सुरु भइसकेको थियो। कोरिन्थको मण्डलीलाई उनले यसो लेखे।